Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९

कोरोना भाइरसका कारण एउटै प्रदेशमा १०६ जनाको मृत्यु



२२ भदाै, जनकपुर । प्रदेश नं २ मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अब १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङख्या १०६ पुगेको सामाजिक मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सिरहाबाट ५६, धनुषाबाट ४२, महोत्तरीबाट ६, सर्लाहीबाट २० र पर्साबाट एक जना गरी १२५ नयाँ सङ्क्रमित थपिएका छन् । यससमेत प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार २६१ पुगेको छ । तीमध्ये ९२ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म पाँच हजार ८३६ जना निको भएर घर फर्केका छन् ।

प्रदेशअन्तर्गतका १७४ क्वारेन्टिनमा आजसम्म ५४९ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७२६, आइसोलेसनमा ८५२ र होम आइसोलेशनमा चार हजार ४६७ जना बसेका छन् । केही दिनदेखि क्वारेन्टिन र आइसोलेशनमा बस्नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको तथा होम क्वारेन्टिन र होम आइसोलेशनमा बस्नेको सङ्ख्या वृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्