Logo

निजामती सेवा दिवस:मालिका गाउँपालिका पाँच उत्कृष्ट कर्मचारी सम्मानित



Spread the love

२३ भदौ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले १७ औं निजामती सेवा दिवसको अवसरमा पाँच जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।

No description available.

कर्मचारीको कार्य सम्पादन तथा मुल्यांकनको आधारमा दिवसको अवसर पारी सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । यसरी सम्मानित हुनेमा भर्भुङ स्वास्थ्य चौकीमा कार्यरत हिम बहादुर पौडेल , वडा नम्बर चारमा कार्यरत सचीव मन बहादुर थापा, गाउँपालिकाका कम्प्युटर अपरेटर कमल नेपाली र कार्यालय सहयोगी डिल्ली राज भट्टराई रहेका छन ।

कर्मचारीको मनोबल उच्च पार्न र कर्मचारीलाई हौसला प्रदान गर्नको निम्ति सम्मान गरिएको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर छ का वडा अध्यक्ष शोभाखर गिरिले बताए । त्यस्तै गाउँपालिका उपाध्यक्ष देवा अर्यालले सम्मानित हुने सवै कर्मचारीलाई शुभकामना व्यक्त गर्दै सम्मान कार्यक्रमले सबै कर्मचारीलाई हौसला प्रदान गर्न विश्वास व्यक्त गरिन ।

त्यस्तै गाउँपालिका अध्यक्ष रित बहादुर थापाले कर्मचारीलेनै गाउँपालिकाको नाम उच्च पार्न भन्दै सबै कर्मचारीलाई मेहनत र लगनशील भएर काममा लाग्न आग्रह गरेका छन । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका अध्यक्ष समेत रहेका दिपक भण्डारीले कर्मचारीलाई चुनौती माथी चुनौती थपिदै गएको गुनासो गरेका छन ।

पछिल्लो समय कर्मचारी माथी विभिन्न आरोप लाग्दै आएको र तेस्ता आरोपलाई चिर्दै कर्मचारी अघि बढ्नु पर्न अवस्था सिर्जना भएको उनले उल्लेख गरे । साथै राम्रोकाम श्रेय कम जाने र नराम्रोकाम को श्रेय बढी आउने हुँदा कर्मचारीहरुले बडो ध्यानपुर्वक काम गर्नु पर्ने बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्