Logo

बलिउडमा अर्को ठूलो शोक, चर्चित अभिनेता जय प्रकाशको निधन



Spread the love

२३ भदौ, एजेन्सी । बलिउडमा अर्को ठूलो शोक परेको छ । बलिउडका चर्चित अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । हृदयघातका कारण मंगलवार बिहान उनको निधन भएको हो । उनी तेलेगू फिल्ममा प्रख्यात थिए ।

उनी दक्षिण भारतीय चलचित्र क्षेत्रका चर्चित हास्यकलाकारका रुपमा परिचित छन्। केही फिल्ममा उनले खलपात्रको भूमिका पनि निर्वाह गरेका छन्।

उनले सन् १९८८ ‘ब्रह्मापुत्र’ सिनेमाबाट आफ्नो करियर सुरू गरेका थिए। अन्तिमपटक उनले सन् २०२० मा रिलिज भएको ‘सरिलरू निकेवरू’ सिनेमामा काम गरेका थिए।

रेड्डीले ‘जाम्बा लक्की पम्बा’, ‘प्रेमिनचुकुन्दम रा’, ‘समरसिम्हा रेड्डी’, ‘अमर अकबर एन्थनी’, ‘नेला टिकट’, जस्ता चलचित्रमा अभिनय गरेका छन्।

उनले करीब १ सय वटा फिल्मा अभिनय गरेका छन् । उनको मृत्युले तेलेगु फिल्म इण्डस्ट्रीमा ठूलो क्षति भएको कलाकारहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्