Logo

डब्लूएचओ भन्छ, ‘यो अन्तिम महामारी होइन, अर्को महामारीका लागि पहिलेभन्दा बढी तयार हुनुपर्छ’



Spread the love

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अर्को महामारीका लागि पहिलेभन्दा बढी तयार हुनुपर्ने जनाएको छ।

डब्लूएचओको मुख्यालय जेनेभामा भएको भर्चुअल मिडिया ब्रिफिङमा महानिर्देशक डाक्टर टेड्रोसले कोरोना नै अन्तिम महामारी नहुने उल्लेख गर्दै भविष्यका लागि विश्व तयार रहनुपर्ने पनि बताए ।

‘यो नै अन्तिम महामारी हुँदैन, इतिहासले बताउँछ कि महामारी हाम्रो जीवनको वास्तविकता हो । अर्को महामारीका लागि पहिलेभन्दा बढी तयार हुनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्