Logo

नेपालमा आज २२८७ जना कोरोना संक्रमित निको भए, थप ६ जनाको मृत्यु



Spread the love

२३ भदौ, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर २२८७ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

संक्रमणबाट नेपालमा आज ६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्