Logo

सुशान्त सिंहकी प्रेमिका रिया चक्रवर्ती पक्राउ



Spread the love

एजेन्सी। सुशान्त सिंहकी प्रेमिका तथा बलिवुड अभिनेत्री रिया चक्रवर्तीलाई नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको छ ।सुशान्तको मृत्युको विषयमा सीबीआईले जाँच गरिरहेको छ तर रियालाई एनसीबीले लागुऔषध लेनदेनको विषयमा पक्राउ गरेको हो।

अभिनेता सुशान्त सिंहको मामिलामा लागुऔषधको विषय देखिएपछि रियाले सोधपुछको तेस्रो दिन आफूले ड्रग्स लिने गरेको कुरा स्विकारेकी छिन् । यसअघि रियाले आफूले कहिले पनि ड्रग्सको सेवन नगरेको बताउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्