Logo

आज ९ सय २ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२३ भदौ, काठमाडौं । आज आइतबार थप ९ सय २ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या ७७ ले घटेको छ ।

२४ घण्टा याता ९ सय २ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौँका ३००, काभ्रेका २, चितवनका २०, दोलखाका २, धादिङका ८, नुवाकोटका ३, भक्तपुरका ५८, मकवानपुरका २४, रामेछापका ८, ललितपुरका ३८, सिन्धुपाल्चोकका १, इलामका १, उदयपुरका २, ओखलढुङगाका १३, झापाका १६, मोरङका ५१, सुनसरीका ३८, धनुषाका ३३, पर्साका १४, बाराका १२, महोत्तरीका ४, रौतहटका ८, सप्तरीका १८, सर्लाहीका ६, सिराहाका ४, कास्कीका ३०, गोर्खाका १८, तनहुँका ३, नवलपरासीपुर्वका ७, पर्वतका १, लमजुङका २, बागलुङका १०, स्याङजाका १, अर्घाखाँचीका १, कपिलवस्तुका १, गुल्मीका १, दाङका ३, नवलपरासीका १, बर्दियाका ७, बाँकेका ५, रुपन्देहीका २१, रोल्पाका १, दैलेखका १, सुर्खेतका १८, कञ्चनपुरका ९ तथा कैलालीका ७७ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरुमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्