२३ भदाै, एजेन्सी – विश्वको कुल जनसंख्याको २२ प्रतिशत जनसंख्यालाई खुवानका लागि केवल ७ प्रतिशतमात्रै कृषि योग्य भूमिमार्फत निकै ठूलो चुनौतीको सामना गरिरहेको छ । चीनमा ३३४ मिलियन एकर्डको कृषि योग्य भूमि छ । जसमध्ये ३७ मिलियन भूमिमा कृषि गरिँदैन ।
सन् १९४९ देखि चीनले कृषियोग्य भूमिको पाँच भागको एक भागमा सहरीकरण र औद्योगिकीकरण विस्तार गरेको छ । हाल १० देखि १५ प्रतिशत कृषियोग्य भूमिमा मात्र कृषि कार्य हुँदै आएको छ । जसमा सउदी अरेबियामा १ प्रतिशत, भारतमा ५० प्रतिशत संयुक्त राज्य अमेरिकामा २० प्रतिशत र फ्रान्समा ३२ प्रतिशत कृषि योग्य भूमिका कृषि गरिँदै छ ।
चीनमा ५४५,९६० वर्ग किलोमिटर क्षेत्रफल कृषि योग्य भूमिमा सिचाईं हुन्छ र ४० प्रतिशत बालीनालीमा मात्र अहिले सिचाईं भइरहेको छ । चीनमा प्रति एकड़ औसत उत्पादन उच्च छ किनकि चीनले अधिक मलको प्रयोग गर्दै आएको छ ।
खाद्य अभाव
चीनमा कृषि (अन्न) आपूर्ति र माग बीच ठूलो बेमेल छ । चीनले आफ्नो १.४ बिलियन जनतालाई खुवाउनका लागि निरन्तर संघर्ष गरिरहेको छ । बारम्बार प्राकृतिक प्रकोप बाढी र खडेरीको सामना गर्दै खुम्चिँदै गएको कृषि योग्य भूमिमा सिचाईं अभाव र जनशक्तिको अभावका कारण उत्पादन घट्दे गएको छ ।
चीनमा सन् २०३० सम्म १.५ बिलियन पुग्ने अनुमान गरिएको छ । थपिएको जनसंख्यासहितलाई खुवाउनका लागि चीनले वार्षिक एक सय मिलियन टन खाद्य उत्पादन बढाउनुपर्ने हुन्छ ।
चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार यस वर्षको खडेरी र ढिलो गरी आएको वर्षाका कारण आएको बाढीले थ्री गोर्जेज ड्याम भत्किने सम्भावना बढाएको छ । दक्षिण चीनमा चामल, गहुँ र अन्य बाली उत्पादनमा क्षति पुर्याउनसक्ने खतरा बढेको छ ।अन्य विभिन्न क्षेत्रमा आएको बाढीले ५४.८ मलियन मानिसहरुलाई विस्थापित गरेको छ भने २०.८ बिलियन डलरको आर्थिक क्षति गरेको छ ।
चीनमा खाद्य आपूर्तीको अर्को ठूलो गम्भीर समस्या भएको किराहरुको प्रकोप हो । पाँचवटा चिनियाँ प्रान्तमा गिद्ध आर्मीकर्म (एफएडब्लू) को प्रकोप भएको पत्ता लागेको ५ । यसे यसले मकैबालीलाई सखापै बनाएको छ । यद्यपि देशको भण्डारमा १.४ बलियन मकै रहेको छ ।
खाद्य सुरक्षालाई वास्तविक खतरा महामारी वा बाढीभन्दा खानाको बर्बादीले बढी हुने गरेको छ । चीनमा प्रति व्यक्ति हरेक खानामा ९३ ग्राम खाद्यान्न खेर जाने गरेको छ । यो भने ११.७ प्रतिशत खाना खेर गइरहेको छ । एक सर्वेक्षणको तथ्यांक अनुसार २०१३ देखि २०१५ सम्म चिनियाँ उपभोक्ताहरुले वार्षिक १७ देखि १८ मिलियन टन खाद्यान्न खेर गएको थियो । उक्त खाद्यान्न ३० देखि ५० मिलियन जनसंख्यालाई खान पुग्थ्यो ।
चीनबाहिर महामारीले विश्वव्यापी अन्न उत्पादन र व्यापारमा प्रभाव पारेको छ । भियतनाम र भारतले चामलको निर्यातलाई स्थगित गरिसकेका छन् र अन्य देशहरूले पनि पछि त्यसो गरेका छन् । यसका साथै जुन २०२० मा चीनको वाणिज्य मन्त्रालयका अनुसार ब्राजिल, क्यानडा, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, रुसलगायतका मुलुकहरुले गहुँ, सोयाबिन र चामललगायतका प्रमुख उत्पादक निर्यातमा प्रतिबन्ध लगाएको छ । यसले वास्तवमा चीनलाई सबैभन्दा ठूलो धक्का पुर्याएको छ । विश्वको सबैभन्दा ठूलो खाद्य आयातकर्ता मुलुक पनि चीन नै हो ।
publicnewsagency