Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी



Spread the love

२४ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ११ सय २९ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ११ सय ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ८९ हजार ८ सय ५२ जना संक्रमित हुँदा ११ सय ७ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ४३ लाख ६७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ३३ लाख ९६ हजारभन्दा बढी निको भइसकेका छन् भने ७३ हजार ९ सय २३ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्