Logo

रोनाल्डोले पूरा गरे १०० औं अन्तर्राष्ट्रिय गोल, फ्रान्स र बेल्जियम विजयी



Spread the love

एजेन्सी। नेसन्स लिग अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले स्विडेनलाई २–० ले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डोले ४५औं मिनेटमा सयौं गोल पूरा गरे। रोनाल्डो १०० औं अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो युरोपेली खेलाडी बन्न सफल भएका छन् ।

त्यसपछि उनले ७२ औं मिनेटमा दोस्रो गोल थपे । अब उनी इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।

अर्को खेलमा ओलिभर जिरोडको ४०औं अन्तर्राष्ट्रिय गोलमा फ्रान्सले क्रोएसियालाई ४–२ ले पराजित गरेको छ ।

त्यस्तै, अर्को खेलमा इंग्ल्यान्डले डेनमार्कसँग निराशाजक गोलरहित बराबरी खेल्यो भने बेल्जियमले आइसल्यान्डलाई सजिलै ५–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्