Logo

प्रहरीलाई लक्षित गरी खोक्ने र थुक्ने क्रम बढ्यो



Spread the love

एजेन्सी । बेलायतको लेस्टरशायर प्रहरीले आफूहरूलाई लक्षित गरी थुक्ने र खोक्ने क्रम बढ्दै गएको भन्दै दुःख व्यक्त गरेका छन् । कोरोनाले बेलायतलाई आक्रान्त पारेदेखि यस्तो आक्रमण बढेको उनीहरूको भनाइ रहेको छ ।

प्रहरीलाई तर्साउनका लागि खोक्ने काम महामारीका बेलामा त्यसको दुरुपयोग गरिँदैछ ।

विगत तीन महिनामा कम्तीमा यस्ता ७ हजार ८ सय ६३ वटा केस दर्ता गरिएका छन् ।

आम विरोध प्रदर्शन हुँदा तथा लकडाउन नमानी गरिएका पार्टीहरूलाई प्रहरीले रोक्न जाँदा अधिकारीहरूमाथि थुक्ने र खोक्ने क्रम बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्