Logo

आज १ हजार ८१ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२४ भदौ, काठमाडौं । आज आइतबार थप १ हजार ८१ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १८० ले बढेको छ ।

२४ घण्टा याता १ हजार ८१ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ३९४, सिराहाका ८१ जना, मोरङका ७७, रौतहटका ७०, सुनसरीका ५६, मकवानपुर र रुपन्देहीका ४२/४२ जना, ललितपुरका ३४, भक्तपुरका ३६, सप्तरीका २६, बाँके र सुर्खेतका २२/२२ जना, काभ्रेका २१, बाराका १७, बर्दियाका १३, नवलपरासीका १२, कपिलवस्तुका ११, कास्कीका १०, धनकुटाका ९ र झापा, पर्सा र सर्लाहीका ६/६ जना, भोजपुरका ५ जना, नुवाकोट र तनहुँका ४/४ जना, ओखलढुंगा, धनुषा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, लमजुङ र दार्चुलाका ३/३ जना, खोटाङ, महोत्तरी, धादिङ, बाग्लुङ,गुल्मी, पाल्पा, दैलेख र बझाङका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, सिन्धुली, गोरखा, नवलपुर, पर्वत, स्याङ्जा, दाङ, जाजरकोट र अछामका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृत्यु भएको छ । ३३ हजार ८८२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्