Logo

उपत्यकामा निषेधाज्ञा खुकुलो, के खुल्ने ? के बन्द नै रहने ? (सूचीसहित)



Spread the love

२४ भदाै, काठमाडाैँ – काठमाडाैँ उपत्यकामा गत तीन हप्तादेखि लागु गरिएको निषेधाज्ञा खुकुलो बनाइएको छ ।

काठमाडाैँ, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेका हुन् ।

नयाँ मोडालिटी अनुसार निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो। तर होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्‍जन स्थल भने बन्दै रहने छन्।

लगभग चार महिना लामो लकडाउनको अन्त्य गरेको करीब १ महिनापछि काठमाडाैँ उपत्यकामा पुनः निषेधाज्ञा गरिएको थियो ।

कोरोना रोकथामा लागि भन्दै लगाइएको निषेधाज्ञा प्रभावकारी देखिएको छैन । निषेधाज्ञापछि पनि उपत्यकामा स‌ंक्रमण घटेको छैन। अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्।

के खुल्ने ? के बन्द रहन ? यस्तो छ सूची

प्रतिक्रिया दिनुहोस्