Logo

ट्रमा सेन्टरमा सफलता पूर्व जोडियो दुई टुक्रा भएको हात !



Spread the love

२४ भदाै, काठमाडाैँ – नेपालमै मेशिनले दुई टुक्रा बनाएको हत्केला पुनः जोड्न सफल भएको छ । मेशिनले दुई टुक्रा बनाइदिएको हत्केला राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरुले सफलतापूर्वक जोडिदिएका हुन् ।

सो अपरेशन सफल बनाउन लागि चिकित्सकहरूले १० घण्टा लामो शल्यक्रिया गरेका थिए । सर्लाही जिल्लास्थित पर्सा गाउँपालिकाका १८ वर्षीय रवी सिंहको हत्केला पुनः जोडिएको हो । उनको फ्लेक्स पाइप मेसिनले दुई टुक्रा बनाइदिएको थियो ।

१० घण्टा लामो तथा संवेदनशील अपरेशनको नेतृत्व प्लास्टिक सर्जरी विभाग प्रमुख प्रा.डा. पियूष दाहालले गरेका थिए ।

सर्जरीका क्रममा १८ वटा चलाउने नशा, ५ वटा भेन, ३ वटा आर्टरी र ४ वटा हड्डी जोड्नुपरेको चिकित्सकहरुले बताएका छन् ।

दक्षिणकालीस्थित कारखानामा काम गर्दै गर्दा मेशिनले उनको हात टुक्रा पारिदिएको थियो । र सोही हातको टुक्रा बोकेर ट्रमा पुगेका रवीको सफल सल्यक्रिया भएको हो ।

डा. दाहालका अनुसार बेलुकाको ५ बजे घटना भएको थियो। एक डेढ घण्टामै घाइते युवा ट्रमा आएका थिए भने टोलीले केही ढिलो नगरी सर्जरी शुरु गर्यो र त्यो सफल भयो ।

प्रतिक्रिया दिनुहोस्