Logo

बागलुङ बाढी : मृतकको संख्या २१ पुग्यो



Spread the love

२४ भदाै, बागलुङ – यही भदौ १७ गते राति ढोरपाटनमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । बाढीमा अझै १७ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बेपत्ता खोज्ने क्रममा आज एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका–६ स्थित बडिगाड खोलामा फेला परेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

यस्तै मङ्गलबार दुई महिलाको बडिगाड खोलामा शव फेला परेको थियो । बडिगाड गाउँपालिका ६ र ७ नम्बर वडाको बडिगाड खोला किनारामा २५ वर्षीया कुमारी विक र २५ वर्षीया चनी विकको शव फेला परेको थियो ।

आज फेला परेका दुई शवको पहिचान भने हुन सकेको छैन । शव बुर्तिवाङस्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्