Logo

जितिया पर्वको आज दोश्रो दिन- महिलाहरू निराहार व्रत बस्दै



Spread the love

२५ भदौ, काठमाडौं । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । जितिया पर्वको दोश्रो दिन थारु र मिथिला क्षेत्रकै महिलाहरू आज बिहान चार बजेदेखि निर्जला व्रत बसि भोली शुक्रबार बिहान व्रत सम्पन्न गर्दछन् ।

आश्विन कृष्ण पक्षको अष्टमी तिथका दिन मनाईने यो कठिन व्रत सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइदै आएको छ ।

जितिया पर्वका अवसरमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत प्रमुख दलका शिर्ष नेताले शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्