Logo

वडाध्यक्षसहित ६८ जनामा कोरोना संक्रमण



Spread the love
1597117497corona-image.jpg

२५ भदौ, विराटनगर। विराटनगर महानगरपालिकाका वडा नम्बर २ का वडाध्यक्षसहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष कुमार पोखरेलमा संक्रमण भए पनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताएका छन् । उनी होम आइसोलेशनमा बसेका छन् ।

यस्तै थपिएका अन्य ६७ जना संक्रमितहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्