Logo

एकैघरका ११ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

२५ भदौ, बिर्तामोड । कनकाई नगरपालिकाको एक घरका ११ जना कोरोना संक्रमित भएका छन्। कनकाईमा नगरपालिका ३ को एक घरमा घरका सबै सदस्य ११ जनामानै कोरोना संक्रमण फैलिएको हो ।

सो घरमा १४ बर्षको नातीदेखि ८४ बर्षकी हजुरआमासम्मलाई कोरोना पुष्टि भएको छ ।

कनकाई ३ को गाउँमा नै कोरोना संक्रमण फैलिएको छ । कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्