Logo

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित



Spread the love

२५ भदौ, काठमाडौं। आज (बिहीबार) साँझ बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ।

शुक्रबार बोलाइएको बैठकको तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्