Logo

जुम्लामा एकैदिन ४२ जनाले जिते कोरोना भाइरसलाई



Spread the love

२५ भदौ, खलङ्गा । जुम्लामा एकैदिन ४२ जना कोरोनामुक्त भएका छन् ।

निर्माण व्यवसायी संघको कार्यालयमा रहेको आईसोलेशनमा रहेका २६ जना, जिल्ला कारागारमा आईसोलेशनमा रहेका ८ जना, हिमा गाउँपालिकाको आईसोलेशनमा रहेका ६ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेशनमा रहेका २ जना गरी ४२ जना कोरोनामुक्त भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्