Logo

१२ वर्षीय बालकसहित ३४ जनामा कोरोना संक्रमण



Spread the love

२६ भदौ, चितवन । शुक्रबार चितवनमा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

भरतपुर कोभिड प्रयोगशालामा नमूना परीक्षण गर्दा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण हुनेमा भरतपुर महानगरपालिकाका ३१, पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिलामा, पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्