Logo

ट्रम्प र बाइडनको चुनावी अभियानमा साइबर आक्रमण



Spread the love

एजेन्सी । नोभेम्बरमा अमेरिकामा हुने निवार्चनका उम्मेदबार राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्रेटिक जो बाइडनको चुनावी अभियान साइबर आक्रमणमा परेको छ ।

रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले राष्ट्रपतीय निर्वाचन अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको माइक्रोसफ्टले जनाएको हो ।

फ्यान्सी बियर नामक रुसी ह्याकरहरू र फोसफोरस नामक इरानी ह्याकरहरूले राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा काम गर्ने कर्मचारी र राजनीतिक संगठनहरूमाथि आक्रमण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्