Logo

कति छ आज नेपाली बजारमा सुनको मुल्य



Spread the love

२६ भदौ, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य घटेको छ ।

शुक्रबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ 

प्रतिक्रिया दिनुहोस्