Logo

नेपालमा आज ९७२ जना कोरोना संक्रमित निको भए, उपत्यकामा जोखिम उच्च



Spread the love

२६ भदौ, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर ९७२ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो २४ घन्टामा थप १४५४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ६९६ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडाैंका ६२० भक्तपुरका ३८ र ललितपुरका ३८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्