Logo

प्रकोप रोक्न र आफ्नो क्षमता सुधार गर्ने तर्फ राष्ट्रपति सीको जोड



Spread the love

२६ भदाै, एजेन्सी – चीनका राष्ट्रपति सी प्रकोप रोकथाम तथा सुरक्षा क्षमता सुधार्ने तर्फ जोड दिएका छन् । पछिल्लो समय चीनमा विभिन्न प्राकृतिक विपत्तीले ठूलो क्षति गरिसकेको अवस्थामा उनी यो पक्ष सुधार गर्ने पक्षमा जोड दिन थालेका हुन् ।

चीन कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङले आधुनिक समाजवादी देश निर्माण गर्ने प्रयासमा जोड दिएका छन् ।

चीनमा पछिल्लो समय कोरोना महामारीसँगै बाढी पहिरोको व्यापक जोखिम बढेको छ । पछिल्लो समय वर्षाका कारण चीनको सबैभन्दा ठूलो थ्री गोर्जेज ड्याममा पानीको वहाव खतराको लेभलमा आएको चिनियाँ सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

त्यसैगरी देशका अन्य विभिन्‍न भागमा आएको बाढीका कारण ठूलो क्षति भएको छ भने लाखौं मानिसहरु विस्थापित भएका छन् । जसका कारण चीनमा खाद्यान्‍न संकट भएर भोकमरी आउने स्थिति नहोस् भन्‍नेतर्फ पनि सचेत रहेको जनाइएको छ ।

त्यसका लागि उनले प्रकोप रोक्न र लड्नको लागि आफ्नो क्षमता सुधार गर्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्