Logo

नेयमार कोरोना संक्रमण मुक्त



Spread the love

२६ भदाै, एजेन्सी – पेरिस सेन्ट जर्मन(पीएसजी)का ब्राजिलियन स्टार फुटबल खेलाडी नेयमार कोरोना संक्रमण मुक्त भएका छन् । नेयमारले ट्वीट गर्दै कोरोना संक्रमण मुक्त भएको पुष्टि गरेका छन् ।

कोरोना संक्रमण भएको करिब १ हप्तापछि नेयमार कोरोना संक्रमण मुक्त भएका हुन् ।

गत सेप्टेम्बर ३ तारिखमा नेयमारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । नेयमार सहित पीएसजीका ७ जना खेलाडीलाई कोरोना संक्रमण भएको थियो ।

तर, नेयमार कोरोनामुक्त हुँदा अरू खेलाडीहरू भने उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्