Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्यो, संक्रमितको संख्यामा नयाँ रेकर्ड



Spread the love

२७ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो १२ सय १३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १२ सय २ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ९७ हजार ६ सय ५४  जना संक्रमित हुँदा १२ सय २ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ४६ लाख ५७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ३६ लाख २१ हजार भन्दा बढी निको भइसकेका छन् भने ७७ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्