Logo

एउटै जेलका ५९ जनामा कोरोना संक्रमण



Spread the love

२७ भदाै, सिरहा – सिरहा जेलमा रहेका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक सय जनाको स्वाब परीक्षण गरिएको थियो ।

जेल प्रमुख बबिता महतोको अनुसार समान्य रुघा खोकी लागेको लक्षणहरु देखा परेपछि एक सय जनालाई परीक्षण गर्दा ५९ जनामा कारोना सङ्क्रमण पुष्टि हुँदा जेलमा रहेका पाँच सय ९८ जनालाई परीक्षण गर्न तयारी भइरहेको छ । बिहिबार दुई सय ४६ जनाको स्वाब लिएको हो ।

१५ वटा कोठामा पाँच सय ९८ जना कैदीबन्दीलाई राखिएपछि सामाजिक दुरी पालना गराउन हमेहमे भएपछि १८ जना महिला कैदी बन्दीलाई अन्य जिल्ला सारेर जेल भित्रै आइसोलेशन कक्ष छुट्टयाएको उहाँले बताउनुभयो ।

विपद् वयवस्थापन समितिका संयोजक सिरहा जिल्ला समन्वय समितिका प्रमुख राम चन्द्र ठाकुर, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल समितिका सदस्य पत्रकार महासंघका केन्द्रिय सदस्य देव कुमार यादव र मानव अधिकारकर्मीहरुको समूहले जेलको अवलोकन गरी जेलभित्र सामाजिक दुरीको पालन, सरसफाई, सेनिटाइजर र पीसीआर जाँच गरी उचित व्यवस्थापनमा सरोकारवाला निकायहरुसँग छलफल गरी समस्या समाधान गर्नुको साथै सङ्क्रमण फैलिन नदिन गृहकार्य भइरहेको अवलोकनपछि संयोजक ठाकुरले बताउनुभयो ।

यता धनगडीमाइ स्थित महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालमा सङ्क्रमितहरुको वयवस्थापन , शौचालयको उचित प्रवन्ध नभएकोले आइसोलेसनमा रहेकाहरु ठूलो समस्या भोगरहेको सङ्क्रमितका आफन्तहरुले पीडा पोखेका छन् ।

लहान नगरपालिकाले आफ्नै नगरपालिका भित्र पीसीआर जाँच र अस्थायी आइसोलेसन केन्द्र संचालनको लागि तयारीमा लागि सकेको लहान नगरपालिकाका प्रवक्ता राज कुमार साहले वताउनुभयो । सिरहामा २८४ जना सङ्क्रमितहरु आइसोलेसनमा भर्ना भइ उपचार गराइरहेका छन ।

यो खबर गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्