Logo

५३३ नमुना परीक्षणगर्दा ८७ जनामा कोरोना संक्रमण



Spread the love

२७ भदौ, चितवन । शनिबार भरतपुरको सरकारी अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार भएको कोरोना भाइरसको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालको कोभिड ल्याबकी प्रमुख डा.नितु अधिकारीले दिएको जानकारी अनुसार गएराति १२ बजेसम्म गरिएको ५३३ नमुना परीक्षणमा ८७ नमुना पोजेटिभ देखिएको छ ।

सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरेर ७३ जना छन् । कालिका नगरपालिकाका ६ पुरुष र २ महिला गरेर ८ जना छन् । खैरहनीका २ महिला २ पुरुष गरेर ४ जना र रत्ननगरका २ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्