Logo

२६ प्रहरीसहित ४९ जनामा कोरोना सङ्क्रमण



Spread the love

२७ भदौ, चितवन। शनिबार तिन जिल्लामा थप ४९ जना कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण हुनेमा चितवन २६, पर्साका ९ र बाराका १४ जनागरि ४९ जना कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए ।

बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा ३१५ जनाको स्वाब परीक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको क्वाटरमा बस्ने दुईजना, वीरगञ्ज हेल्थ केयर अस्पतालका २ जना, पर्साको पटेर्वा सुगौली गाउँपालिका ५ का तीन, वष नम्बर १ का एकजना तथा सखुवा प्रसौनी गाउँपालिका २ का एक जना, बाराको निजगढ नगरपालिकाका ८ जना, २ जना ईलाका प्रहरी कार्यालय निजगढ, कलैया उपमहानगरपालिका वडा नम्बर ४, ६ र ८ का १/१ जना, वडा नम्बर ७ का ३ जनामा कोरोना संक्रमण भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए।

प्रतिक्रिया दिनुहोस्