Logo

दुई जना सैनिकको मृत्यु



Spread the love

चितवन । करेन्ट लागेर २ जना सैनिको मृत्यु भएको छ । चितवनमा शनिबार करेन्ट लागेर गोरखा घर भएका दुई सैनिकको मृत्यु भएको हो ।

रूखको हाँगा काट्न चढ्दा प्रयोग गरिएको भर्याङ चिप्लिएर तारमा ठोक्किन पुग्दा चितवनको शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको मृत्यु भएको हो ।

चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन कुमाल रहेका छन् ।

सुबेदार श्रेष्ठले भर्याङ समाएका थिए भने जवान साजन कुमाल हाँगा काट्न भर्याङमा चढेका थिए ।

सैनिक जवान कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो भने सुवेदार श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्