Logo

प्रदेश १ मा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु



Spread the love

२७ भदाै, विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगरका एक पुरुष, ग्रामथानकी एक महिला र सुनसरी रामधुनीका एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले आज जनाएको छ । प्रदेशमा मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ४७ पुगेको छ ।

प्रदेशमा सो अवधिमा ७७ जना सङ्क्रमित थपिएका छन् । एक हजार २१२ जनाको पिसिआर परीक्षण गरिएकोमध्ये २९ महिला र ४८ पुरुषको कोरोना पुष्टि भएको छ । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

विराटनगरका ४६ जनामा सङक्रमण देखिएका मध्ये २१ महिला र २५ पुरुषको रहेका छन् । मोरङको बुढीगंगामा पाँच महिला र पाँच पुरुष, कटहरीमा चार पुरुष, ग्रामथानमा एक पुरुष र सुन्दरहरैचमा एक महिला, सुनसरीको इटहरीमा दुई महिला र छ पुरुष, इनरुवा र धरानमा दुई÷दुई पुरुष, रामधुनी र दुहवीमा एक÷एक पुरुष र उदयपुरको बेलकामा
एक पुरुषको कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सङक्रमितको सङ्ख्या चार हजार ६९६ पुगेको छ । प्रदेशमा आज ३६ जना सङ्क्रमित निको भै घरफर्केका छन् ।

कालिसदन आइसोलेशन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट नौ, मारवाडी सेवा सदन आईसोलेसन विराटनगरबाट चार र कोभिड –१९ आईसोलेसन केन्द्र रङ्गेली मोरङबाट तीन जना निको भएका छन् ।

प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या दुई हजार ५६ पुगेको छ । प्रदेशमा हाल सम्म एक लाख छ हजार ९८६ को पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्