Logo

सेवाग्राहीलाई कामना विकास बैंकको सुचना–‘पैसा सकिएकोले बन्द गरिएको छ, कस्ट न गर्नुहोला’



Spread the love

२७ भदाै, काठमाडाैँ – बढ्दो कोरोना संक्रमण न्युनीकरण गर्न बैंक तथा वित्तीय संस्थाले एटिएम र मोबाइल वैंकिङ्गलाई प्रोत्साहन गरिरहेका छन् ।

कार्यालयमा भिडभाड बढि हुने र संक्रमण बढ्ने खतरा रहेकाले छिटो र सजिलो माध्यम प्रयोग गर्न उनीहरुको सुझाव छ। सरकार र बैंकको सुझाव अनुसार नै सर्वसाधारणले बैंकमा भिड लगाउने भन्दा एटिएम र मोबाइल बैंकिङ्गलाई नै कारोबारको माध्यम बनाउन थालेका छन् ।

पछिल्ला केहि तथ्यांकले समेत मोबाइल बैकिङ्ग र एटिममा सर्वसाधारणको पहुँच वृद्धि भएको देखाएको छ । यहि तथ्यालाई मनन् गरी राष्ट्र बैंकले पनि मातहतका बैंक तथा वित्तिय संस्थालाई एटिएममा पर्याप्त रकम राख्न निर्देशन दिएको छ ।

तर, बैंक तथा वित्तिय संस्थाले भने राष्ट्र बैंकको निर्देशनलाई बेवास्ता गर्ने गरेको पाईएको छ । गत भदौ २३ गते कामना विकास बैंकको निजगढ शाखामा देखिएको एउटा सुचना यसको उदाहरण हो। बैंकहरु सेवाग्राही प्रति कत्तिको जिम्मेवार र जवाफदेही छन् भन्ने कुरा बुझ्न यो सुचना पर्याप्त छ ।

बैंकको एटिएम मेसिन अगाडि टाँसिएको सुचनामा भनिएको छ–‘पैसा सकिएकोले बन्द गरिएको छ, कष्ट नगर्नुहोला धन्यवाद।’

बैंकहरुको सेवाग्राही प्रतिको गैजिम्मेवारी दर्शाउने यो सुचना उदाहरण मात्र हो । यस्ता अनगिन्ति घट्नाहरु छन्। त्यसको बारेमा सोध्ने खोज्ने कोहि छैन । सर्वसाधारणले समेत यसलाई सामान्य रुपमा स्वीकारीरहेका छन् । अधिकांश एटिएम मेशिनमा पैसा नहुने र भएपनि मेशिन बिग्रिएर पैसा निकाल्नै नसक्ने अवस्था रहेको स्थानीयहरु गुनासो गर्छन ।

कतिपय बैंकहरुले प्राविधिक समस्या देखाएर पनि ग्राहकलाई दुःख दिने गरेका छन् । एटिएमबाट रकम निकाल्दा रकम नआउने तर, खाताबाट रकम घट्ने समस्या पनि बैंकहरुमा देखिएको उनिहरुले बताए । यस्तो समस्या आउँदा बैंकहरुले उल्टै निवेदन माग गर्ने र महिनौसम्म सर्वसाधारणलाई झुलाएर राख्ने गरेको उनीहरुको गुनासो छ ।

एटिएममा देखिएका यस्ता समस्याले बैंकप्रति सर्वसाधारणमा बन्दै गएको विश्वास समेत घटने खतरा रहेको उनीहरुको बुझाई छ । ‘समयमा काम लाग्ला भनेर बैंकमा पैसा जम्मा गर्यो, तर जुन बेला समस्या पर्छ त्यहि बेला चलाउन पाईएन’ एटिएम कार्ड बोकेर बसेका स्थानीय एक युवाले भने–‘यो भन्दा त हाम्रा पुर्खाले अपनाएको उपाय नै सहि थियो । यस्तै हो भने अब बाँसका ढुङ्ग्रामा पैसा राख्ने दिन नआउला भन्न सकिन्न ।’

Publicnewsagency

प्रतिक्रिया दिनुहोस्