Logo

सिन्धुपाल्चोकमा पुनः पहिरो, करिब डेढ दर्जन घर पुरिए



Spread the love

२८ भदाै, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा पुनः पहिरो गएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ७ मा पहिरोले झण्डै डेढ दर्जन घर पुरिएका छन् ।

स्थानीय बासिन्दाले बताए अनुसार गत राति पहिरो गएको थियो । सो पहिरोमा परी घुन्थाङको नागपुजे र भीरखर्कमा घरहरू पुरिएका छन् ।

पहिरोमा मानिसहरू परेको खबर आए पनि यकिन हुन नसकेको प्रहरीले उल्लेख गरेको छ । अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको समाचार प्राप्त भएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्