Logo

प्रिमियर लिगमा लिभरपुलको सुखद सुरुवात



Spread the love

एजेन्सी । प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले सिजनको पहिलो खेलमा रोमाञ्चक जित निकालेको छ। शनिबार राती घरेलु मैदानमा भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

चौंथो मिनेटमा सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । लिड्का लागि १२ औँ मिनेटमा ह्यारिसनले बराबरी गोल फर्काए । २० औँ मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । लिड्का लागि ३० औँ मिनेटमा प्याट्रिकले गोल गर्दै खेल पुनः बराबरीको अवस्थामा ल्याए ।

३३ औँ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलिलाई ३–२ को अग्रता दिलाए । ६६ औँ मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई ३–३ गोलको बराबरीमा ल्याए । ८८ औँ मिनेटमा सलहाले तेस्रो गोलसँगै ह्याट्रिक पूरा गर्दै लिभरपुललाई ४–३ गोलको जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्