Logo

विदेशमा कोरोना संक्रमण – २४३ नेपालीको मृत्यु, ३७ हजार भन्दा बढी संक्रमित



Spread the love

२८ भदौ, काठमाडौँ। विदेशमा कोरोना संक्रमणबाट थप ४३ जना नेपालीको ज्यान गएको छ। योसँगै विभिन्न १६ मुलुकमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या २४३ पुगेको छ ।

मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु छ भने यो साता कतारमा दुई नेपालीले ज्यान गुमाएका छन्। संक्रमणबाट साउदी अरबमा मात्रै ५२ नेपालीको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।

कोरोनाबाट हालसम्म विश्वका ४० देशमा रहेका ३७ हजार ६ सय भन्दा बढी नेपाली संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्