Logo

आज १ हजार ३९ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२८ भदौ, काठमाडौं । आज आइतबार थप १ हजार ३९ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १६२ ले घटेको छ ।

२४ घण्टा याता १ हजार ३९ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना, मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, ललितपुरका ३३ जना रुपन्देहीका ३१, चितवन र लमजुङका २७/२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४/१४ जना तथा नुवाकोटका ९ जना, नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७/७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४/४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३/३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २/२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्