Logo

असोज १ गते घरघरमा दीपावली गर्न सरकारकाे आग्रह



Spread the love

काठमाडौँ । विश्व बिरामी सुरक्षा दिवसको अवसरमा सरकारले असोज १ गते घरघरमा दीपावली गर्न आग्रह गरेको छ । कोरोना सङ्क्रमितको स्वास्थ्य लाभको कामना गर्नुको साथै कोरोनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा राती ८ बजे एक मिनेट मौनधारण गर्न समेत आग्रह गरेकाे स्वास्थ्य सेवा विभागको महाशाखाका निर्देशक तारानाथ पोखरेलले बताए।

कोरोना महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुको सम्मानस्वरूप सरकारले पनि असोज १ गते माईतीघर मण्डलामा दीप प्रज्वलन गर्ने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्