Logo

राष्ट्रिय क्रिकेट खेलाडी भण्डारी सवारी दुर्घटनामा सख्त घाइते



Spread the love

२८ भदौ, धनगढी । कञ्चनपुरमा दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी सहितका दुई जना घाईते भएका छन्।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाईकल आपस्मा ठोकिएका हुन्। जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर १० का राष्ट्रिय क्रिकेट खेलाडी २८ वर्षका भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षका करन ठगुन्ना घाइते भएका कञ्चनपु्र प्रहरीले जानकारी दिएको छ।

उनको झलारी स्थित शुक्लाफाटा किलिकमा प्राथमिक उपचार पछी थप उपचारका लागि धनगढी रिफर गरिएको छ। ट्रकका चालक फरार रहेका छन भने र ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ।

प्रतिक्रिया दिनुहोस्