Logo

माता लक्ष्मीका ८ रूप, के चाहनेले कुन रूपको पूजा गर्ने



Spread the love

एजेन्सी । हिन्दु धर्मशास्त्र अनुसार हरेक भगवान बहुरूपी हुन्छन् । अर्थात् एक भन्दा अरू रूपमा पनि भगवान रहेका हुन्छन् ।

हिन्दु शास्त्र अनुसार प्राचीन कालदेखि नै केही प्राप्तीका लागि भगवानको पूजा तथा अर्चना गर्ने चलन छ । अहिलेसम्म पनि यो प्रचलन कायमै छ ।

सरस्वती पूजाको दिन विद्या प्राप्तिको लागि माता सरस्वतिको पूजा गरिन्छ । त्यस्तै विषेशतः धन प्राप्तिको लागि माता लक्ष्मीको पूजा गरिन्छ ।

तर, लक्ष्मी माताको प्रार्थना गर्दा धन मात्रै पाइँदैन । माता लक्ष्मीको धेरै स्वरूपहरू छन् । त्यी रूपहरू अनुसार के आवश्यकता छ सोही अनुसार पूजा अर्चना गर्न सकिन्छ ।

१. धन लक्षमी

धन सम्पत्ति प्राप्तिको चाहना हुनेहरूले धन लक्ष्मीको प्रार्थना गर्नु उत्तम मानिन्छ । धनलक्ष्मी पूजा गर्दा घरमा पर्याप्त धन सम्पत्ति हुने विश्वास छ ।

२. ऐश्वर्या लक्ष्मी

रूपवान तथा आकर्षक हुनका लागि ऐश्वर्या लक्ष्मीको पूजा गर्नुपर्ने बताइन्छ । यसका साथै भाैतिक सुखका लागि पनि ऐश्वर्या लक्ष्मीको पूजा गर्न सकिने बताइन्छ ।

३. गज लक्ष्मी

मान सम्मान प्राप्ति गर्ने उद्देश्य राखेर गज लक्ष्मीको पूजा गर्ने गरिन्छ । जागिरमा राम्रो पद तथा पदोन्नतिका लागि पनि गज लक्ष्मीको पूजा गर्ने गरिन्छ ।

४. वीर लक्ष्मी

सबै प्रकारका भय र त्रासबाट मुक्ति पाउन वीर लक्ष्मीको पूजा गर्नु उत्तम मानिन्छ । खराब मन्त्र तथा तन्त्रमन्त्रबाट मुक्ति पाउनको लागि पनि वीर लक्षमीको पूजा गर्नु राम्रो मानिन्छ ।

५. सन्तान लक्ष्मी

सन्तान प्राप्तिका लागि सन्तान लक्ष्मीको पूजा गरिन्छ । त्यसका साथै सन्तान सुख, सन्तानको लामो आयु र उन्नति प्रगतिको कामना राख्दै पनि वीर लक्ष्मीको पूजा गर्न सकिन्छ ।

६. आदि लक्ष्मी

पारिवारिक शान्तिका लागि आदि लक्ष्मीको पूजा गर्नुपर्छ । आदि लक्ष्मीको पूजा अर्चनाबाट रोगबाट मुक्ति पाइने विश्वास पनि गरिन्छ ।

७. विजय लक्ष्मी

काम लगायत अन्य क्षेत्रमा सफलता प्राप्तिका लागि विजय लक्ष्मीको पुजा गर्नु राम्रो मानिन्छ । मुद्दा मामिलामा विजय हुनका लागि पनि विजय लक्ष्मीको पुजा गर्नु राम्रो मानिन्छ ।

८. धान्य लक्ष्मी

अन्न बालि तथा घरमा खानेकुरा भरीपूर्ण होस् भन्ने उद्देश्यले धान्य लक्ष्मीको पूजा गरिन्छ । कृषि लगायत अन्य क्षेत्रको प्रगतिका लागि समेत धान्य लक्ष्मीको पूजा गर्नु राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्