Logo

पीएसजी पराजित खेलमा नेयमारसहित ५ जनालाई रातो कार्ड



Spread the love

एजेन्सी। लिग वान अन्तर्गत गएराती भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा मार्सिलेसँग पराजित भएको छ । खेलको पहिलो हाफमा १–० ले पछाडी परेको पीएसजी दोस्रो हाफको इन्जुरी समयमा आठ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको हो।

खेलको अन्तिम समयमा पीएसजी र मार्सिलेका खेलाडीहरूबीच झडप भएको थियाे। दोस्रो हाफको इन्जुरी समयमा पीएसजीका नेयमारसहित ५ खेलाडीले रातो कार्ड खादै मैदानबाट बाहिरिए । रेफ्रीले पाँच रेड कार्डसहित १७ कार्डको प्रयोग गरेका थिए । वैकल्पिक खेलाडी पीएसजीका लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सिलेका जोर्डन अमावी र डेरियो बेनेडेटोसंगै नेयमारलाई मैदान बाहिर पठाईएको थियो ।

खेलको अन्तिम समयमा अर्जेन्टिनी जोडी डारियो बेनेडेटो र लिआन्ड्रो पेरेडेसबीचको झगडाले ठुलो रुप लिएपछि खेलमा निकै नै तनाव ग्रस्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्