Logo

भगवान शिवको तेस्रो नेत्र कहिले खुल्छ ?



Spread the love

शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ। हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्।

त्यसैपनि भोलेबाबाको स्वभाव धेरै शान्त हुन्छ तर अत्यन्त्य क्रोधित हुँदा भने आफ्नो तेस्रो आँखा खोल्ने गर्छन् । उनको तेस्रो आँखा खोल्दा सृष्टिमा हाहाकार मचिन्छ ।

एकपटक माता पार्वतीको कानको गहना पानीमा झरेको थियो । भगवान शिवले तुरुन्त आफ्नो शिष्यलाई मणि खोज्न आदेश दिए । शिष्यले गहना खोज्न धेरै कोशिश गरेपनि कतै भेटेनन् । आभुषण शिष्यले नभेटेपछि शिव धेरै क्रोधित भए यति रिसाए कि उनले तेस्रो आँखा खोले ।

प्रतिक्रिया दिनुहोस्