Logo

जनप्रतिनिधि र सुरक्षाकर्मीसहित ४९ जनामा कोरोना संक्रमण



Spread the love

२९ भदौ, सुर्खेत । २४ घण्टा यता कर्णालीमा जनप्रतिनिधि र सुरक्षाकर्मीसहित ४९ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वासथ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार ४९ जनामा संक्रमण देखिएको छ ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका २ दुईजना जनप्रतिनिधि, ३ जना बैंकका कर्मचारी, १ जना सुरक्षाकर्मी, एकजना स्वास्थ्यकर्मी, १ जना निर्माण व्यवसायी र २ जना भारतीय आर्मीमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वासथ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए ।

संक्रमण हुनेमा बिरेन्द्रनगरका २१ जनासहित सुर्खेतका मात्रै थप ३९ जना, दैलेखका ७ जना, जाजरकोटका २ जना, कालीकोटका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्