Logo

जापानको नयाँ प्रधानमन्त्री सुगा बन्ने पक्का



Spread the love

एजेन्सी। जापानको नयाँ प्रधानमन्त्री मन्त्रिपरिषदका मुख्य सचिव योशिहिडे सुगा बन्ने भएका छन् । सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले ७१ बर्षिय सुगालाई संसदीय दलको नेतामा चयन गरेसँगै उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

आगामी बुधबार बस्ने संसदको बैठकले नयाँ प्रधानमन्त्री चयन गर्नेछ । स्वास्थ्य अवस्थाका कारण गत अगस्ट २८ मा शिन्जो आबेले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्