Logo

कर्मचारीहरूको उदाहरणीय काम, सहकर्मीको पीडामा आर्थिक मल्हम



Spread the love

२९ भदाै, गुल्मी – गुल्मीको तम्घास स्थित मदन भण्डारी राजमार्गका कर्मचारीले उदाहरणीय काम गरेका छन् । गत भदौ ११ गते सो कार्यालयका चालक ज्ञान बहादुर सारुको निधनपछि आर्थिक चपेटामा परेको परिवारलाई आर्थिक सहयोग गरि उनीहरूले उदाहरणीय काम गरेका हुन् ।

कार्यालयका सबै कर्मचारीले आफ्नो स्वेच्छाले रकम सङ्कलन गरि १ लाख ७६ हजार आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन् ।


सारुको काजक्रिया खर्च तथा यातायात खर्च तिरेर बाकी रहेको १ लाख ५४ हजार उनका छोरा माधव सारुको मुद्द्ति खातामा जम्मा गरिदिएको कार्यालय प्रमुख सुनित केसिले जानकारी दिए ।

अभिभावक गुमाए पछि बिचल्लीमा परेका उनका श्रीमती तथा छोरालाई केही सहयोग पुग्ने अपेक्षाले सहयोग प्रदान गरिएको कार्यालय प्रमुख केसिको भनाई छ । उनले सल्लेरी खबरलाई भने ‘हाम्रा सहकर्मीलाई फिर्ता ल्याउन त सक्दैनौँ । तर, केहि सहयोग गर्न सक्छौँ भनेर आर्थिक सहयोग गरेका हौँ ।’

सारु गत पाँच वर्षदेखि उक्त कार्यालयमा सवारी चाकलको रूपमा कार्यरत थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्