Logo

दार्चुलामा पहिलोपटक ड्रागन खेती शुरु



Spread the love

२९ भदाै, दार्चला – जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन खेती शुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन खेती शुरु गरेका हुन् ।

कृषि क्याम्पस रामपुरबाट स्नातकोत्तर गरे महेन्द्रसिह धामीको नेतृत्वमा सूचना प्रविधि इन्जिनीयर भक्तसिंह ठगुन्ना र सिभिल इन्जिनीयर कैलाश धामीलगायतको टोलीले ड्रागन फुड खेती शुरु गरेको छ । एक हजार ८०० वर्गकिलोमिटर जमीन भाडामा लिएर यो खेती शुरु गरिएको इन्जिनीयर महेन्द्रसिंहले जानकारी दिए ।

यो खेतीको शुरुआत गर्न उनीहरुले रु १० लाख बढी रकम खर्च गर्दैछन् । “कृषि पढिसकेपछि आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावना लिएर आफूहरुले आफ्नै ठाउँमा व्यवसाय गर्न लागेका हौँ”, भक्तसिंहले भने । ड्रागनले खेती शुरु गरेको ड्रागनले दुई वर्षपछि उत्पादन दिने गर्दछ ।

कैलाश भन्छन्, “हावापानी, मौसम सुहाउँदो देखिएकाले ड्रागनले खेती शुरु गरेका हौँ ।” यो खेती गर्न गाउँपालिकाले पनि सहयोग गरेको छ । पहिलो चरणमा रु दुई लाख ड्रागन फुट व्यवसाय सञ्चालनको लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्