Logo

५ गतेदेखि आन्तरिक हवाइ उडान तथा सार्वजनिक यातायात सञ्चालन हुने



Spread the love

२९ भदाै, काठमाडाैँ – असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान तथा सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् ।

मन्त्री परिषद्को सोमबार बसेको बैठकले असोज ५ गतेखेदि लामो दुरीका यातायात तथा आन्तरिक हवाइ उडान सुचारू गर्ने निर्णय गरेको हो ।

कोरोना रोकथामका लागि गरिएको लकडाउनसँगै सबै प्रकारका उडान तथा यातायातहरू बन्द भएका थिए ।

अहिले अन्तर्राष्ट्रिय उडान तथा जिल्लागत यातायात सञ्चालन भएता पनि आन्तरिक उडान र लामो दूरीका यातायात सञ्चालन भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्