Logo

मन्त्री परिषद्को बैठक सकियो, के भयो कुलमान घिसिङबारे निर्णय ?



Spread the love

२९ भदाै, काठमाडाैँ – मन्त्री परिषद्को बैठक सम्पन्न भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठक केही बेर अघि सम्पन्न भएको हो ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले वामदेव गौतम माथिल्लो सदनको सदस्यमा मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै करिब ६ महिनापछि असोज ५ गतेखेदि लामो दुरीका यातायात तथा आन्तरिक हवाइ उडान सुचारू गर्ने निर्णय भएको छ ।

तर, सोमबारको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको निर्देशक कुलमान घिसिङको बारेमा कुनै निर्णय गरेको छैन । यद्यपी बैठकमा कुलमानको नियुक्तिको चर्चा भने चलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्