Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, संसारकै १ नम्बर सुचिमा



Spread the love

३० भदाै, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ४ सय ४४ जनाको मृत्यु भएको छ भने हिजो १४ तारिखमा ३ सय ४८ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ३७ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ९८ हजार ९ सय ६४ जनाको मृत्यु भएको छ भने ६७ लाख ४८ हजार भन्दा बढी संक्रमित भएका छन् । ४० लाख २३ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्