Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

३० भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ११ सय ४० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १ हजार ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ८१ हजार ९ सय ११  जना संक्रमित हुँदा १ हजार ५४ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ४९ लाख २६ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ३८ लाख ५६ हजार भन्दा बढी निको भइसकेका छन् भने ८० हजार ८ सय ८ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्